+
+

कुर्सी पनि महिलामैत्री भएन, बस्न अप्ठेरो भयोः मन्त्री कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २७ गते १९:५८

२७ भदौ, काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले मन्त्रालयमा बस्ने कुर्सीदेखि बोक्ने फाइलसम्म महिलामैत्री नभएको गुनासो गरेकी छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री कोइरालाले भनिन्, ‘सरकारी कार्यालयहरूमा कुर्सी, टेबुल र भर्‍याङ मात्र होइन, हामीले बोकेर हिँड्ने फाइलसमेत पुरुषमैत्री छन् ।’

महिलाले सानो हाते व्याग बोकेर हिँड्ने हुनाले मन्त्रालयका फाइलहरू व्यागमा नअटाउने र हातैमा बोकेर हिँड्नुपर्ने बाध्यता उनले सुनाइन् ।

समाज कल्याण परिषदको अध्यक्षको कुर्सीमा बस्दासमेत आफूलाई अप्ठेरो हुने गरेको उनले बताइन् । कोइरालाले मन्त्रीहरुले समेत यस्तो अप्ठेरो भोग्नुपरिरहेको अवस्थामा अन्यत्र काम गर्ने महिलाले झनै चुनौतीको सामना गर्नुपरेको बताइन् ।

नेपाली समाज पुरुषप्रधान रहेकाले त्यसको प्रतिविम्व सिंहदरवारमा पनि रहेको उनको धारणा छ ।

मन्त्री कोइरालाले विभेद तथा कुरीतिको अन्त्य र महिलामाथिका हिंसा नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टोली (र्‍यापिड, रेस्पोन्स र एक्सन टिम) गठन गर्नुपर्ने धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?