+
+

अर्घाखाँचीमा बाघले लियो बालकको ज्यान

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २८ गते ९:०५
सांकेतिक तस्वीर

२८ भदौ, अर्घाखाँची । अर्घाखाँचीका एक बालक बाघको सिकार भएका छन् । जिल्लाको खाँचीकोटस्थित भालुखोलाका ४ वर्षीय बालक मनिष केसी बाघको सिकार बनेका हुन् ।

मंगलबार बेलुका घरको आँगनमा खेलिरहेका बेला उनलाई बाघले लगेको थियो । बाघले लगेलगत्तै स्थानीय र प्रहरी खाजीमा जुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नायब उपरीक्षक एकनारायण कोइरालाले बाघले खाएर छोडेको अवस्थामा बालकको शरीरका अंगहरु भालुखोलाको रानीवनको जंगलमा भेटिएको जानकारी दिए ।

अर्घाखाँचीमा पछिल्लो समय बाघको बिगबिगी बढेको छ । बाघको बिगबिगी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?