+
+

अनेरास्ववियुले सांस्कृतिक शुभकामना साँझ गर्ने

रासस रासस
२०७४ भदौ ३० गते ८:४२

३० भदौ, काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संस्कृति संरक्षण गर्ने उद्देश्यले आगामी असोज १ गते राष्ट्रिय नाचघरमा ‘सांस्कृतिक शुभकामना साँझ’ गर्ने भएको छ ।

उक्त कार्यक्रममा मुलुकमा विभिन्न जातजाति र समुदायका भेशभूषामा सजिएर राष्ट्रियस्तरका कलाकारले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिने अनेरास्ववियुका कार्यालय सचिव नारायण घर्तीले जानकारी दिए ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन गरिने सो कार्यक्रमबाट संकलन हुने रकममध्ये केही दैवीप्रकोप प्रभावितलाई तथा केही सामाजिक कार्यमा प्रयोग गरिने बताइएको छ ।

मुलुकमा व्यावसायिक शिक्षा उपलब्ध गराई विद्यार्थीलाई उत्पादनसँग जोड्नुपर्ने माग गर्दै शैक्षिक क्षेत्रमा आन्दोलन गर्दै आएको अनेरास्ववियुले यसअघि भूकम्पप्रभावित तथा बाढीपहिरो प्रभावितलाई सहयोग उपलब्ध गराइसकेको छ ।

मुलुकमा संविधानसभाबाट संविधान जारी गर्दा सरोकारवाला पक्षलाई दबाब तथा संविधान संशोधनको औचित्यकाबारे देशव्यापी रुपमा छलफल तथा बहस चलाउने कार्यसमेत संगठनले गरेको थियो ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?