+
+

गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिकास मरहट्टा  बिकास मरहट्टा
२०७४ असोज २९ गते १६:३२

२९ असोज, गोरखा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश बसन्तराज पौडेलले कार्यालयको स्थापना गरेका हुन् ।

दुइ वटा निर्वाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र क्षेत्र अन्तरगतका प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र २ का लागि महिला तथा बालबालिकाको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै क्षेत्र नम्वर २ का लागि पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ र क्षेत्र अन्तरगतका प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र २ का लागि जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नम्वर २ को निर्वाचन अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपन्यायधिवक्ता एक नारायण लम्साललाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?