+
+

अफगानिस्तानमा आतंकवादी हमला, ७१ जना मारिए

बीबीसी हिन्दी बीबीसी हिन्दी
२०७४ कात्तिक १ गते १२:३३

१ कात्तिक, काठमाडौं । अफगानिस्तानमा भएका श्रृंखलावद्ध आक्रमणमा ७१ जनाको मृत्यु भएको छ भने झण्डै २ सय जना घाइते भएका छन् ।

पकातिया प्रान्तको राजधानी गारदेजको प्रहरी तालिम केन्द्रसहित बिभिन्न स्थानमा आक्रमण भएको छ । प्रहरी तालिम केन्द्रमा भएको आक्रमणमा मात्रै ४१ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।

अफगानिस्तानको गृहमन्त्रीका अनुसार आतंकवादी आक्रमणमा स्थानीय प्रहरी प्रमुख पनि मारिएका छन् ।

गारदेज प्रहरी मुख्यालयमा आत्मघाती आक्रमणकारीले विष्फोटक पदार्थले भरिएको कार बिष्फोट गराएका थिए । त्यसलगत्तै अरु हतियारधारीहरुले अन्धाधुन्द गोली चलाएका थिए । सुरक्षाकर्मी र आक्रमणकारीबीच घण्टौं गोली हानाहान भएको थियो । यो आक्रमणमा एकसय १० जना सर्वसाधारण नागरिक र ४८ प्रहरीहरु घाइते भएका छन् ।

जवाफी कारवाहीमा पाँच जना आक्रमणकारी पनि मारिएको अफगान अधिकारीहरुको दाबी छ । आक्रमणको जिम्मा तालिवानले लिएको बीबीसीलेे लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?