६ कात्तिक, कैलाली । कैलाली जिल्लाको चिसापानीनजिक कर्णाली नदीमा डुबेर सोमबार दुईजना बेपत्ता भएका छन् ।
लम्की चुहा नगरपालिका-३ का जगन्नाथ धमलाका १४ वर्षीय छोरा चक्र धमला र रामप्रसाद धमलाकी १० वर्षीया छोरी शर्मिला धमला कर्णाली नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।
वनभोज खान भनी चिसापानी नजिकको कर्णाली नदी किनारमा पुगेका उनीहरु नुहाउने क्रममा नदीमा बेपत्ता भएको बताइएको छ ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कर्णाली नदीमा नुहाउने क्रममा झण्डै दुई हप्ताअघि पनि दुई जनाको डुबेर मृत्यु भएको थियो ।