Comments Add Comment

दोस्रो चरणको चुनाव हुने जिल्लामा आज निर्वाचन कार्यालय खोलिँदै

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यालय स्थापना गरेर काम शुरु गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दोस्रो चरणको चुनाव मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।

पहिलो चरणको चुनाव भने मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । सो चुनावका लागि मनोनयन दर्ता गरी उम्मेदवारहरुको अन्तिम नामावली पनि प्रकाशित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment