+
+

सर्वोच्चको आदेशविरुद्ध केपी ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १५:०८

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले मतपत्रको विषयमा गरेको आदेशको विरोध गर्दै केपी ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

विहीबार अपरान्ह नयाँ बानेश्वरस्थित अल्फा हाउसमा केपी ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यसअघि विहीबार नै राजधानीमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले सर्वोच्चको आदेशको विरोध गरेको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला अदालतले निर्वाचन सार्ने षडयन्त्रलाई बल पुर्‍याएको एमाले बैठकको ठहर छ ।

बाम गठबन्धनका नेताहरु कुनै पनि बाहनामा चुनाव सार्न नहुने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?