+
+

टनकपुरबाट ३० मेगावाट विद्युत् खरिदको सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १८:१५


९ कात्तिक, काठमाडौं । टनकपुर नाकाबाट सुख्खा याममा आयात हुँदै गरेको ३० मेगावाट विद्युत खरिद सम्झौता बिहीबार मात्रै नवीकरण भएको छ ।

बिहीबार यो नाकाबाट बिद्युत आयात गर्नका लागि भारतीय कम्पनी पीटीसीसँग नेपाल बिद्युत प्राधिकरणले गरेकोे सम्झौता नविकरण गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत खरिद सम्झौता नवीकरणमा भारतीय कम्पनी पिटिसीका निर्देशक राजीबकुमार मिश्र र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।

यो सँगै भारतबाट यो सबस्टेशन हुँदै ३० मेगावाट विद्युत् आयात हुने सुनिश्चित भएको छ । अधिकारीका अनुसार भारतबाट प्रतियुनिट ३.४० भारुमा खरिद गर्ने सम्झौता भएको छ ।

महाकाली सन्धीअनुसार नेपालले यो सबस्टेशनबाट निःशुल्क ७ करोड युनिट बिजुली पाइरहेको छ ।

यो सबस्टेशनको क्षमता ५० एमभीएभन्दा बढी नभएका कारण अहिले आयात भइरहेको बिजुलीभन्दा थप बिजुली आयात गर्न सकिँदैन ।
यसअघि बसेको उर्जा सचिव स्तरिय बैठकमा यो सबस्टेशनको क्षमता १ सय एमभीए पुर्‍याउने भनिएपनि हालसम्म काम अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?