+
+

लक्ष्मण हत्याका आरोपी जेल चलान

रासस रासस
२०७४ कात्तिक १९ गते ९:०३

१९ कात्तिक, झापा । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हत्या आरोपित अन्य पाँच जना फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक केसीले बताए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?