+
+

दोहोरो नागरिकताधारीविरुद्धको उजुरी फिर्ता लिन प्रहरीकै धम्की

छिमेकीबीचको सामान्य झगडाले लियो ठूलो रुप

सुरेश बिडारी सुरेश बिडारी
२०७४ कात्तिक २९ गते ८:४५
पत्रकार सम्मेलनमा शेष अलाउद्दिन र उनकी पत्नी मर्जिना

२९ कात्तिक, वीरगञ्ज । दोहोरो नागरिकताधारी व्यक्तिलाई बचाउन प्रहरी प्रशासन लागेको आरोप एक परिवारले लगाएको छ । वीरगञ्जमा मंगलबार पत्रकार सम्मेलन गर्दै बारा जितपुर सिमरा उपमहानगरको जितपुर घर भएका शेष अलाउद्दिन र उनकी पत्नी मर्जिना खातुनले त्यस्तो आरोप लगाएका हुन् ।

बाटोको विषयलाई लिएर छिमेकी मोतिउर रहमानसँग विवाद बढेपछि मर्जिनाले गत १ कात्तिकमा उनी, उनकी पत्नी ४८ वर्षीया आष्मा खातुन र २१ वर्षे छोरा अरमान देवानविरुद्ध जिल्ला प्रशासन पर्सामा उजुरी दिएकी थिइन् ।

घर झगडाबाट शुरु भएको विवाद दोहोरो नागरिकतामा पुगेपछि एक प्रहरी हवल्दारले लागूऔषध मुद्दामा फसाइदिने बताउँदै धम्क्याउन थालेका छन् ।

मार्जिना र मोतिउर रहमानबीच सामान्य विषयलाई लिएर झगडा भएको थियो । झगडा अझ बढेपछि अलाउद्दिनकी पत्नी मार्जिनाले रहमान परिवारको दोहोरो नागरिकता रहेको प्रमाणसहित पर्सा प्रशासनमा उजुरी दर्ता गराएकी हुन् ।

मर्जिनाको उजुरी र प्राप्त प्रमाणका आधारमा प्रशासनको निर्देशनमा जिल्ला प्रहरी पर्साले ५ कात्तिकमा रहमानलाई सिमराबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नागरिकता बनाउँदा मुचुल्कामा सनाखत गर्ने स्थानीय मथुरा हजरालाई पनि प्रहरीले २१ कात्तिकमा पक्राउ गरेको छ ।

हेर्नुहोस् भारतीय र नेपाली नागरिकता 

मर्जिनाको उजुरीमा किटानी नाम रहेका रहमानकी पत्नी र छोराको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पर्साका डीएसपी प्रकाश सापकोटाका अनुसार दोहोरो नागरिकताबारे अनुसन्धान पूरा भइसकेको छ । ‘अनुसन्धान सकिएर सरकारी वकिलको कार्यालयमा मिसिल पठाइसकेका छौं,’ डीएसपी सापकोटाले भने, ‘अब अदालतले निर्णय गर्छ ।’

आरोपितहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेपछि आत्तिएको रहमान परिवारले नातामा सालो पर्ने संघीय एकाइ प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार हुसेन देवानमार्फत् मुद्दा फिर्ता लिन धम्क्याइरहेको मार्जिनाले बताइन् । ‘बारम्बार मुद्दा फिर्ता लिन धम्की आइरहेको छ । अस्वीकार गरेपछि फिर्ता नलिए श्रीमानलाई लागूऔषध मुद्दामा फसाइदिने धम्की पनि हुसेनले दिएका छन्,’ मर्जिनाले भनिन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?