+
+

मुक्तिनाथ विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते १७:५५


४ मंसिर, काठमाडौ. । मुक्तिनाथ विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकासको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सेञ्चुरी कमर्सियलको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र अनुसार मुक्तिनाथ विकासले सञ्चालनमा ल्याएको मुक्तिनाथ रेमिटबाट हुने भुक्तानी सेञ्चुरी कर्मसिर्यलको सम्पूर्ण शाखाबाट लिन सकिने छ । साथै सेञ्चुरी कमर्सियलको सेञ्चुरी रेमिट पनि मुक्तिनाथ विकासको सम्पूर्ण शाखाबाट भुक्तानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?