+
+

प्रदेश नम्बर ७ मा मतदान शान्तिपूर्ण, ६२ प्रतिशत मत खस्यो

रामहरी ओझा रामहरी ओझा
२०७४ मंसिर १० गते १९:२३
बैतडीको निङ्गलासैनी मावि मतदान केन्द्र ।

१० मंसिर, डोटी । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नं. ७ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । करीव ६२.७५ प्रतिशत मत खसेको क्षेत्रीय प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम क्षेत्रीय उपप्रसाशक शंकर बिष्टले दिएको जानकारीअनुसार प्रदेश नं. ७ का नौ जिल्लाहरुमध्ये चार जिल्ला बझाङ, बाजुरा, बैतडी र दार्चुलामा आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

‘बाजुराको पाण्डुसैसन क्षेत्रका दुई मतदान केन्द्र र बुढीगंगा क्षेत्रको एक मतदान केन्द्रमा दिउसो सामान्य बिवाद भएको थियो’ अनलाइनखबरसँग कुरा गर्दै उपप्रशासक बिष्टले भने ‘त्यो बिवाद तत्काल समाधान गरी फेरी मतदान सुरु भयो ।’ यस क्षेत्रका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको बिष्टले जानकारी दिए ।

उनले अनुपातमा चारै जिल्लाका करीव ६२.७५मतदान भएको जानकारी दिए । ‘हामीसँग आएको बिवरण अनुसार बाजुरा जिल्लामा सवैभन्दा बढी करीव ७६ प्रतिशत मतदान भएको छ’ बिष्टले भने ‘बैतडी जिल्लामा करीव ५५ प्रतिशत मत खस्यो, बझाङ्ग र दार्चुलामा करीव ६० प्रतिशत मत खसेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?