+
+

निर्वाचन आयोगले एमालेलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १९:५५

१२ मंसिर, काठमाडौं । भोट माग्दै पत्रपत्रिकामा विज्ञापन छापेकोमा निर्वाचन आयोगले नेकपा एमालेलाई स्पष्टीकरण सोधेको छ ।

विज्ञापन छाप्नु आचार संहिता विपरित भएको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन भनेको छ । विज्ञापनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै आयोगले एमालेलाई भनेको छ, उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारवाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।’

साथै विज्ञापन छाप्ने पाँच पत्रिकालाई पनि स्पष्टीकरण सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?