Comments Add Comment

पाल्पा २ मा सोमप्रसाद पाण्डे विजयी

प्रदेशसभामा डा. बज्राचार्य र घर्तीमगर निर्वाचित


२४ मंसिर, तानसेन । पाल्पा प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट एमाले नेता सोमप्रसाद पाण्डे निर्वाचित भएका छन् । पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३४५ मतअन्तरले हराए ।

पाण्डे ३४ हजार ८९९ मतसहित विजयी हुँदा कांग्रेसका नेपाल २४ हजार ५५४ मतमा रोकिए ।

प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए ।

क्षेत्रनम्बर २ ‘ख’मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर ‘बसन्त’ १६ हजार ४२२ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेसका रामबहादुर कार्की ११ हजार ४९६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment