+
+

अर्घाखाँचीको प्रदेशसभाका २ क्षेत्र वाम गठबन्धनको पोल्टामा

रासस रासस
२०७४ मंसिर २६ गते ८:३५
अर्घाखाँचीको प्रदेशसभा क्षेत्र नं १ बाट विजयी चेतनारायण आचार्य

२६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको प्रदेशसभाका २ क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार भारी मतले विजयी भएका छन् ।वाम गठबन्धनका दुवै उम्मेदवार कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् ।

आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका हुन् ।

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजिप्रसाद घिमिरे २६ हजार १५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?