+
+

देहरादूनमा इन्डो नेपाल ब्यापार मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते १५:२७

१२ पुस, काठमाडौं । भारतको देहरादूनमा दोस्रो इन्डो नेपाल ब्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ ।

काठमाडौमा बुधबार पत्रकार सम्मेलन गर्दै मेला आयोजक कन्चनपुर उद्योग बाणिज्य संघले भारत उत्तराखण्डको राजधानी देहरादूनमा माघ १९ देखि २५ सम्म मेला हुन लागेको जानकारी गराएको हो ।

देहरादूनको परेड ग्राउण्डमा एक सातासम्म चल्ने मेलामा १५० वटा स्टल रहने छन् त्यसमा नेपाली उत्पादनका मात्र ५० वटा स्टलहरु रहने छन् ।

मेलामा नेपाली हस्तकला,काष्ठकला,पस्मिना तथा ढाका, काँशका भाँडा तथा धातुका मुर्तिहरुका पेभेलियन मुख्य आकर्षण रहने छन् ।

पाँच करोड भन्दा बढीको कारोबार हुने यो मेलामा नेपाली पर्यटन क्षेत्रको बिकाश तथा प्रबर्द्धधनको लागि विभिन्न अन्तरक्रिया कार्यक्रम समेत हुने आयोजकले बताएको छ ।

पहिलो इन्डो नेपाल ब्यापार मेला तथा पर्यटन महोत्सव २०७३ मा भारतको देहरादूनमा नै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?