Comments Add Comment

यस्तो सुटकेट जसलाई गुडाउनु पर्दैन, मान्छेको अनुहार चिनेर आफैं पछ्याउँछ

कतै जानुपर्दा भारी भरकम सूटकेस लिएर जाँदा निकै थकाई लाग्दछ । यस्तोमा यति सुटकेस लतार्न नपर्दो हो त कत्ति मज्जा हुँदो हो ?

अब यो दिनपनि आएको छ की तपाईंको सुटकेस तपाईंलाई चिन्दै आफै पछि पछि गुडेर आउनेछ ।

अमेरिकाको लस भेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक शो २०१८ मा ForwardX Robotics नामक चिनियाा रोबोटिक्स कम्पनीले तयार पारेको CX-1 नामक यस शुटकेस सार्वजनिक गरिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले उक्त सुटकेस बनाइएको हो । रोबोटिक्स टेक्नोलोजीमा आधारित यस सुटकेसले आफ्नो मालिकको अनुहार पहिचान गरेर पछ्याउन सक्दछ ।

यसमा ४ वटा पांग्रा, १७० डिग्री वाइड एंगल क्यामरा तथा पोजिशनिङका लागि लाइडर जडान गरिएको छ । यसले आइडेन्टिफिकेसन तथा ट्रयाकिङ्ग एल्गोरिदमको प्रयोग गरी मानिससँगै गुड्छ ।

योसँगै एउटा यस्तो ब्रासलेट पनि छ, जसले यसमा हुने गडबडी तथा सुटकेसले बाटो बिराएको अवस्थामा सूचित गर्दछ ।

यसमा एक ब्याट्री पनि हुन्छ जसलाई मोबाइल चार्जिङका लागि समेत प्रयोग गर्न सकिन्छ । यदि तपाईंले गल्तीले आफ्नो सुटकेस कतै छाड्नुभयो भने पनि सूटकेसले तपाईंलाई भुल्नेछैन र पछि पछि हिड्नेछ । आफूसँगै यसलाई हिडाउनका लागि कुनै बटन दबाउनु पर्दैन तपाईंको अनुहार तथा चाललाई पहिचान गरी पछि पछि गुड्दछ ।

अहिले यो सुटकेसको परिक्षण चलिरहेको र बजारमा कहिले आउने बारेमा कुनै टुंगो लागिनसकेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment