+
+

भारतीय जेलबाट ६ वर्षीय बालिकाको उद्धार, नेपाल ल्याइयो

रासस रासस
२०७४ माघ १३ गते ८:३०

१३ माघ, रुकुम । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ ।

जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए ।

उनकी आमा अनिता कामी पाँच वर्षअघि लागूऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा कारागार परेकी थिइन् ।

भारतीय अदालतको फैसलानुसार कामीले कारागार भुक्तान गर्न अब दुई वर्ष बाँकी छ ।

अनिता कारागार परेपछि परिवारको सम्पर्कबाट बिच्छेद भएकी थिइन् । करिष्माका बुबाको एक वर्ष पहिले मृत्यु भएको थियो । कारागारमा रहेकी कामीले आफ्नो श्रीमानको मृत्यु भएको समेत थाहा नपाएको बालिकालाई उद्धार गर्न पुगेका बाल अधिकार अधिकृत ओलीले बताए ।

बालिकालाई कारागारमा असहज भएको र भारत सरकारले छ वर्षभन्दा बढी उमेरका बालबालिकालाई कारागारमा राख्न नमिल्ने जनाएपछि भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था डिहातमार्फत बालकल्याण समितिसँग इमेलमार्फत पत्राचार गरिएको थियो ।

अहिले बालिकालाई प्रारम्भिक बालविकास केन्द्र काठमाडौँमा पठनपाठनका लागि राखिएको ओलीको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?