+
+

एनसीसी बैंकको रातोपुलमा शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १७:५७

१५ माघ, काठमाडौं । एनसीसी बैंकले काठमाडौंको रातो पुलमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उदेघाटन गरेका छन ।

डेपुटी गभर्नर शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्ने बताए । नेपाली जनता सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै भूमिका खेल्नु पर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता रहेको उनले स्पष्ट पारे ।

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने प्रक्रियामा बैंक रहेको प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले बताएका छन् ।

बैंकले पुस मसान्तसम्ममारु. ५९ अर्ब निक्षेप परिचालन तथा ५१ अर्ब कर्जा प्रवाह गरेको छ । बैंक रु. ३५ करोड ४५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको अधिराज्य भरी हालसम्म ८० वटा शाखा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?