+
+

समिर थापाको नेतृत्वमा आइप्यानको नयाँ कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते २२:११

काठमाण्डौ । इन्टरनेशनल एजुकेसन प्रोभाइडर्स एसोसियसन नेपाल (आइप्यान) को चौथो साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि समिर थापा (सिल्भर माउन्टेन कलेज)को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

बिहीवार काठमाण्डौको ईस्लिङ्गटन कलेजमा सम्पन्न अधिबेशनवाट आइप्यानको उपाध्यक्षमा नरोत्तम अर्याल (किङ्स कलेज), दृतिय उपाध्यक्षमा अनिल केडिया (एनआइटी तथा डिएभी कलेज), महासचिवमा योगराज कँडेल (नामी कलेज), सचिवमा बिज्ञान श्रेष्ठ (सफ्टारिका कलेज) र कोषाध्यक्षमा रितल राणा (मिड भ्याली कलेज) निर्विरोध निर्वाचित हुनु भएको हो । त्यसैगरी कार्यसमिती सदस्यहरुमा भेषराज पोखरेल, (टेक्सास कलेज, काठमान्डौ), डाक्टर बिनोदबहादुर खत्री (फोनिक्स कलेज),प्रणय सिंह (आइआइएमएसकलेज), सैलजा अधिकारी (आइइसी कलेज), भेषराज पोख्रेल (मेरिल्यान्ड कलेज,बिराटनगर)निर्वाचित भएका छन ।

हाल शिक्षा मन्त्रालयबाट स्विकृत प्राप्त तथा त्रिभुवन बिश्व बिद्यालयबाट समकक्ष्यता पाएका ४४ वटा शिक्षण संस्थाहरुले अन्तराष्ट्रिय डिग्री सञ्चालन गरिरहेका छन । बेलायत, अमेरिका, मलेसिया, अष्ट्रीया, स्विजरल्यान्ड, भारत, थाइल्यान्ड लगाएतका देशका बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गरी त्यही देशका डिग्रीहरु नेपालमा पढाइ भैरहेका छन । खासगरी व्यबस्थापन तथा आइटी बिषयमा करीब १५ हजार बिद्यार्थीहरुले नेपालमै बसी अन्तराष्ट्रिय डिग्री लिइरहेका छन ।

एक तथ्यांकअनुसार करीब ७० हजार भन्दा बढी बिद्यार्थीहरु प्रत्यक बर्ष नेपालबाट बाहिर गैरहेको परिप्रेक्ष्यमा नेपालमै स्तरीय अन्तराष्ट्रिय डिग्री प्रदान गरी स्वदेशमै गुणस्तरीय शिक्षाको अवसर मात्र दिइएको छैन, अरबौँ रकम बाहिर जानबाट समेत रोकिएको छ ।

यो क्षेत्रलाई अझ बढी गुणस्तरीय, बिश्वसनीय र देशको शैक्षिक बिकासमा उल्लेखनिय टेवा दिने उदेश्यले आइप्यानलाई शसक्त बनाउने निर्णयसंगै नयाँ नेतृत्व लागिपरेको छ । स्मरण रहोस् आइप्यान नेपालमा बिदेशी डिग्री अध्यापन गराउने शिक्षण संस्थाहरुको छाता संस्था हो ।

निर्वाचित भएलगत्तै अधिबेशनको समापन सत्रमा बोल्दै अध्यक्ष समिर थापाले बिदेशको डिग्री नेपालमै गुणस्तरीय ढंगले प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष थापाले आइप्यान शिक्षा मन्त्रालयसँगको सहकार्यमा स्वदेशमा गुणस्तरीय शिक्षा प्रदान गर्न सधै तत्पर भएर लागिपर्ने प्रतिबद्दता जनाउनु भयो ।

कार्यक्रममा बोल्दै संस्थाका निर्वाचित महासचिव योगराज कडेलले आइप्यानले छिट्टै सरोकारवालापक्षसँगको सहकार्यमा बिदेशी डिग्रीको आवश्यकता र अपरिहार्यताका सन्दर्भमा अन्तरक्रिया संचालन गर्ने जानकारी समेत गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?