Comments Add Comment

प्रदेश ७ को प्रदेशसभा : पर्यटन, जलविद्युतसँगै रेशम चौधरीको चर्चा

माघ २१, कैलाली । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते बस्ने गरी स्थगित भएको छ ।

आइतबार जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै यहाँको पर्यटकीय स्थल, जलविद्युत, नेपाल-भारत सीमा नाका लगायतका विषयमा अब भन्ने प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

राजपाकी मालमती रानाले प्रदेश ७ को राजधानी धनगढीलाई तोक्दा थारुहरुको सल्लाह नलिएको बताइन् । उनले कैलाली क्षेत्र नम्बर १ बाट विजयी राजपाका नेता रेशमलाल चौधरीलाई जनताले आफ्नो मत दिएर विजयी गराएकोले वारेसनामा मार्फत प्रमाणपत्र दिनु पर्ने बताइन् ।

प्रदेश सभाको पहिलो बैठकले सभामुख र उपसभामुख चयन नहुदासम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, पूणर्ा जोशी र कृष्ण बहादुर चौधरी रहेका  छन् ।

बैठकले प्रदेशसभाको अन्तरिम कार्य सञ्चालन कार्यविधि पारित गरेको छ । आइतबार प्रदेशसभाका जेष्ठ सदस्य दिश्येश्वरी शाहले सभामुखको हैसियतमा बैठक सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment