+
+

‘पञ्चायत’मा एक किशोरीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १८:३६


चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र २ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा शिवम्कै कथा, पटकथा, संवाद र निर्देशन छ । सुशान्त कुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीले मिलेर चलचित्र बनाएका हुन् । वि.सं २०३३ सालको कथालाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । रामेश्वर कार्कीले खिचेको चलचित्रमा टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रको ट्रेलरमा एक किशोरी, उनको सोच र त्यसले निम्त्याएको परिणामको कथालाई उठान गरिएको छ । चलचित्रको कार्यकारी निर्माता रवि अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?