Comments Add Comment

ओली प्रधानमन्त्री भएकोमा पाकिस्तानले पनि दियो बधाई

४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्‍ता डा. मोहम्मद फासलले विज्ञप्ति जारी गरी पाकिस्तानी सरकारका तर्फबाट ओलीलाई बधाई दिएका हुन् ।

संविधान जारी भएपछि सफल निर्वाचनपछि ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकोमा पाकिस्तानले बधाई दिएको हो । नयाँ सरकार गठनपछि नेपाल तीब्र आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने पाकिस्तानले आशा लिएको छ ।

पाकिस्तानले दुई राष्ट्रबीचको सम्बन्ध ओली नेतृत्वको सरकारका बेला अझ प्रगाढ हुने आशा पनि ब्यक्त गरेको छ । यसअघि शुक्रबार विहानै ओली निवास बालकोटमा पुगेर भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारत सरकारका तर्फबाट बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment