+
+

‘शत्रु गते’ को पोस्टरमा तीन रोमान्टिक जोडी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ६ गते ८:२६

मह सञ्चारको ब्यानरमा निर्मित फिल्म ‘शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ । फिल्मको रिलिजको एक महिना अगाडि पोष्टर सार्वजनिक गरिएको हो ।

पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको रोमान्टिक जोडी देखाइएको छ । फिल्मभित्र तीन पुस्ताको प्रतिनिधित्व बुझाउने गरी पोष्टर डिजाइन गरिएको अनुमान गर्न सकिन्छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ ।

हलमा रिलिज गरिएको फिल्मको ट्रेलरलाई दर्शकले ?चाइरहँदा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो । किरण केसीको प्रस्तुति रहेको फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?