+
+

अग्नि ग्रुपद्वारा सङ्खुवासभामा महिन्द्राको शोरुम

थ्रीएस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी सम्पूर्ण सेवा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ६ गते ७:०१

६ फागुन, काठमाडौं । अग्नि गु्रपले महिन्द्रा गाडीहरुको लागि हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित सङ्खुवासभाको टुम्लीङ्गटारमा आधिकारिक शोरुम स्थापना गरेको छ ।

अग्नि ग्रुपको यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो । हालै प्रस्तुत गरिएको सङ्खुवासभाको शोरुमको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यले सामुहिक रुपमा गरे ।

शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नुहुने छ ।

कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्दि्रत नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रित रहेको छ ।

चाहिएको वेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहँदै आएको छ ।

साथै शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?