Comments Add Comment

सिभिलले बचत खातामै १० प्रतिशत व्याज दिने, सगरमाथा बचतखाता सञ्चालनमा


९ फागुन, काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने “सगरमाथा बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । बैंकले यस बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । यस बचत खातामा न्यूनतम मौज्दात एक हजार रुपैयाँ हुनुपर्नेछ ।

यो योजनामा ग्राहकहरुले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै पाँच लाखसम्मको दूर्घटना मृत्यु/अपाङताको निःशुल्क बीमाको ब्यवस्था गरिएको छ ।

विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क/बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।

बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment