+
+

योजना आयोगका चार सदस्यले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते १८:१७


१५ फागुन, काठमाडौं । सरकार परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगका चार जना सदस्यले राजीनामा दिएका छन् ।

आयोगका प्रवक्ता तुलसीप्रसाद गौतमका अनुसार आयोगका सदस्यहरू डा. प्रभु बुढाथोकी, अरविन्द मिश्र, कृपासिन्धु प्रसाद र गोविन्द भट्टले राजीनामा बुझाएका हुन् ।

अघिल्लो मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेपछि त्यसको पत्र सोमबार आयोगमा प्राप्त भइसकेको प्रवक्ता गौतमले बताए ।

आयोगका उपाध्यक्ष डा. स्वणिर्म वाग्लेले गत ६ फागुनमै राजीनामा दिइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?