+
+

प्रधानमन्त्री ओली भन्छन्ः धन्न ! म एक पटक मात्र जन्मिएको थिएँ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १९ गते २०:५५

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् । आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ ।

शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत, सडकदेखि संसदसम्म जन्ममितिको लफडा रहेको बताए । ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति, सांसदको जन्ममिति’ उनले अघि भने, ‘धन्न म एक म दिन मात्र जन्मिएको थिएँ .. बचिएछ ।’

‘एक पल्ट जम्मा एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फरबरी २३ तारिख सन् १९५२ ।’

जेष्ठ सांसदको जन्ममिति विवादतर्फ संकेत गर्दै उनले भने, अब हेर्दा हेर्दै भाइले सपथ ग्रहण गराउने भए । कहाँ छ नेपाल ? यसले एउटा झलक देखाउँछ ।’

जेष्ठ सदस्यको हैसियतमा भोलि राजपा सांसद महेन्द्र राय यादवले सांसदहरुलाई सपथ खुवाउँदैछन् । उनको वास्तविक उमेर ६३ वर्ष हो तर, नागरिकतामा ८० वर्ष भएका कारण जेष्ठ सदस्य बनेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसदहरुले जनताको सेवक बन्ने संकल्प बोक्नुपर्ने बताए । हिजोका तीतो अनुभवलाई बदल्दै जनताको मालिक होइन, सेवक बन्ने अठोट लिनुपर्ने उनले बताए ।

‘हाम्रो साझा लक्ष भनेको देशलाई समृद्धिको बाटोबाट समाजवादको निर्माण गर्ने हो । यसका लागि आर्थिक समृद्धि र विकास जरुरी छ । सुशासन र समृद्धि यतिखेरको टडकारो काम भएकोले राजनीतिक अराजकताले पैदा गरेको फोहोर सफा गर्नुपर्छ’ उनले भने, यसका लागि गहिरो संकल्प र दृढताका साथ नयाँ ढंगले अघि बढनु जरुरी छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?