१० चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले इन्जुरी टाइममा दुई गोल गरेपछि इजिप्ट पोर्चुगलसँग पराजित भएकाे छ ।
मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले इजिप्टसँग खेल्दा दुई स्ट्राइकर रोनाल्डो र मोहम्मद सलाहको प्रतिस्पर्धा पनि थियो । तर रोनाल्डोले बाजी मारे ।
खेलमा अग्रता भने इजिप्टले सलाहको गोलबाटै लिएको थियो । ५६ औं मिनेटमा सलाहले गोल गरेका हुन् ।
तर इन्जुरी टाइमको दोस्रो मिनेटमा रोनाल्डोले बराबरी गोल गरे भने दुई मिनेटपछि अर्को गोल गर्दै टिमलाई जिताए ।