+
+

रामेछापमा अहेवविरुद्ध जवरजस्तीकरणी उद्योगमा उजुरी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १४:१९

 २१ चैत, रामेछाप । रामेछाप जिल्लाको साविकको गुन्सी गाउँपालिकामा रहेको गुन्सी स्वास्थ्य चौकीका अहेवले स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गर्न आएकी एक युवतीलाई यौन दुर्व्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी परेको छ ।

स्वास्थ्य चौकीमा कार्यरत अहेव ३६ वर्षीय राकेश दासले स्वास्थय चौकीमा स्वास्थ्य जाँच गर्न आएकी साबिकको वेथान गाविसकी १७ वर्षीय एक युवतीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा जबरजस्तीकरणी उद्योगमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले घटना चैत १२ गते भएको भएपनि पीडित पक्षले २० गतेे प्रहरीमा जाहेरी दर्ता गराएकाले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रहरी निरीक्षक थापाका अनुसार चैत १२ गते एसइई परीक्षा दिन गुन्सी गएकी बेथानकी किशोरीलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, डायरीया हुने समस्या भएपछि नजिकैको गुन्सी स्वास्थ्य चौकीमा गएकी थिइन् ।

सोही क्रममा स्वास्थ्य चौकीका अहेब राकेश दासले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै पीडितले जबरजस्तीकरणी उद्योगमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार आरोपितलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?