+
+

कैलाशको गुल्मिमा ४६ औ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते ११:३३


२३ चैत, काठमाडौं । कैलाश विकास बंैकले गुल्मी जिल्लाको पुर्तिघाटमा आफ्नो ४६ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाको बिहिवार कालीगण्डकी गांउपालिका प्रमुख वेद बहादुर थापाले शुभारम्भ गरेका थिए ।

नयाँ शाखा सहित बैंकको शाखा संख्या ४६ पुगेको छ । एटिएम संंख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर,सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बताइएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड छ । यस संस्थाले हाल सम्म रु.१९ अर्व ९३ करोड निक्षेप संकलन गरी रु १८ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?