२५ चैत्र, नवलपरासी । नेपाल सरकारले बैशाख १ गतेबाट देशभर एकैसाथ आर्थिक गणना सुरु गर्ने भएको छ । जसका लागि सरकारले देशका ७७ वटै जिल्लामा चैत्र १ गते जिल्ला आर्थिक गणनाको कार्यालय स्थापना गरेर विज्ञापन मार्फत गणक छानेर तालिम समेत प्रदान गरिसकेको छ ।
बैशाख १ गतेबाट सुरु गरी असार मसान्तसम्ममा सक्ने गरी गणना कार्य हुने छ ।
सरकारले सुरु गर्न थालेको आर्थिक गणनाका लागि पूर्वी नवलपरासीमा खटिने गणकहरुको लागि कावासोतीमा प्रदान गरिएको तालिम आइतबार सकिएको छ ।
नवलपुरमा ३६ जना गणक र ५ जना सुपरिवेक्षकलाई कावासोतीमा ५ दिने तालिम प्रदान गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख टुकप्रसाद पौडेलले बताए ।
तालिम प्राप्त गणकहरु सोमबाररबाट नै स्थानीय तहमा पुगेर व्यवस्थापनको काममा खट्ने र बैशाख १ गतेबाट आर्थिक गणनामा लाग्ने पौडेलले बताए ।
आर्थिक गणना कहाँ कहाँ कस्ता उद्योग व्यवसाय संचालनमा रहेको छ भने सरकारले आधिकारिक तथ्यांक संकलनका लागि गर्न थालेको हो ।
बजार क्षेत्रमा प्रत्येक पसल, उद्योग, संघसंस्था, विद्यालय, कलकारखाना लगायतका क्षेत्रमा गएर तथ्यांक संकलन गरिने छ भने गाउंमा पनि पसल, पसलमा गएर तथ्यांक संकलन गरिने पौडेलले बताए ।
गणना कार्य बैशाख महिना भरी हुने छ भने तथ्यांक संकलन गर्न जांदा तथ्यांक दिन आनाकानी गर्नेलाई १५ दिने सुचना जारी गरेर तथ्यांक संकलन गरिने र थप १५ दिनमा तथ्यांक रुजु गरेर दुई महिनामा गणना संकलन कार्य सकिने छ ।
पौडेलले नेपालमै देशको आर्थिक अवस्था कस्तो छ भनेर अहिलेसम्म यति गहिराइएमा पुगेर यस्तो तथ्यांक संकलन नभएको बताए । उनले यसले जनता, उपभोक्ता, व्यवसायी र सरकार सबैलाई चौतर्फी फाइदा पुग्ने बताए ।
कावासोतीमा चैत्र १ गते जिल्ला आर्थिक गणना कार्यालयको स्थापना भएको थियो । सहरी र बजारी क्षेत्रलाई बढी केन्दि्रत गरी आर्थिक गणना गर्न थालिएको हो ।
प्रतिक्रिया 4