+
+

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गुल्मीमा शरु

अनिल खत्री अनिल खत्री
२०७४ चैत २९ गते ११:१०


२९ चैत, गुल्मी । गुल्मीमा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगीता मुसिकोट नगरपालिका–६ कुर्घामा सुरु भएको हो ।

क्षेत्र नम्बर १ र २ का गरी १२ विद्यालयका विद्यार्थीहरु विभिन्न विधामा छनोट गरी आगामी वैशाख ८, ९ र १० गते सदरमुकाममा हुने अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद समिति सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिए ।

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्र नम्बर २ को क्षेत्रीय छनौट खेलको कुर्घामा भएको कार्यक्रमको उदघाटन गर्दै मेयर सापकोटाले खेल क्षेत्रको विकास गर्न सकेमा देशलाई विश्वसामु सहज रुपमा चिनाउन सकिने बताए ।

उनले नयाँ–नयाँ र उर्जाशील खेलाडीहरु उत्पादन आजको आवश्कता भएको बताए । स्वास्थ्यको लागि मात्र खेल नभई समग्र विकासका निम्ति पनि खेल खेल्नुपर्ने बताउँदै सापकोटाले मुसिकोट नगरपालिकाले खेलको विकासको निम्ति र खोलाडी उत्पादनका लागि पर्याप्त रकम छुट्याएको जानकारी दिए ।

उदघाटन कार्यक्रममको अवसरमा विभिन्न दूरीका दौड प्रतियोगिताहरु, सटपुट, भलिबल र कपर्दी लगायतका कार्यक्रमहरु भएका छन । तीन दिनसम्म जारी रहने प्रतियोगिताबाट कपर्दी, भलिबल हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याबलिँग थ्रो, विभिन्न दूरीका रिले दौड विधामा खेलाडीहरु छनोट हुने कार्यक्रमको संयोजन गरिरहेको त्रिभुवन मावि कुर्घाका शिक्षक सुकदेव रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?