+
+

गाउँपालिका अध्यक्षको गुनासोः एक्लो भएको छु

एस.के. शान एस.के. शान
२०७५ वैशाख १ गते १५:२६

१ वैशाख, सप्तरी । प्रदेश २ को स्थानीय चुनावमा नयाँ शक्तिले एकपछि अर्को हार व्यहोर्दा सूर्यनारायण मण्डल ‘कुरुड’ले शाख जोगाए । उनी सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा सुर्यनारायण मण्डल ‘कुरुड’ प्रमुख बने ।

उनै मण्डलले आफूलाई काम गर्न नदिएको गुनासो गरेका छन् । ‘काम गर्न खोज्छु, तर कसैले साथ दिइरहेका छैनन्’ निर्वाचित भएको ६ महिनापछि अध्यक्ष मण्डलले भनेका छन्, ‘म पूर्ण रुपमा एक्लै भएको छु ।’

छिन्नमस्ता गाउँपालिकामा सात वटा वडा छन् । ‘वडा अध्यक्षले जनताको समस्या समाधान गर्नुभन्दा आफ्नो समस्या समाधान कसरी गर्ने भन्नेतर्फ ध्यान दिएको देख्छु’ मण्डल भन्छन्, ‘जनताको पक्षमा काम गर्ने इच्छा कसैको छैन ।’

मधेशी दलित विकास महासंघले छिन्नमस्ता गाउँपालिकामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मण्डलले वडाअध्यक्षहरुले रकम खान खोजेको आरोप लगाए । ‘वडाअध्यक्षहरु अध्यक्षलाई काम गर्न नदिनू, यसले रकम खान दिदैंन भन्ने हल्ला बाहिर सुनेको छु’ उनले भने, ‘आफू त जनताले जसरी निःस्वार्थ रुपले आफूलाई मत दिए, म त्यसरी नै काम गर्न खोजेको छु । तर गर्छु जस्तो लागिरहेको छैन ।’

बीऊ नै लिएर गएको आरोप

किसानहरुका लागि आफूले बिभिन्न किसिमको निर्णयहरु गरेपनि कार्यान्वयन हुन नसकिरहेको उनको भनाइ थियो । ‘किसानहरुको लागि बिऊ मगाएँ । तर, वडाअध्यक्षहरुले आफैं लिएर गए’ उनले भने, ‘तर, कतै वितरण गरेनन् ।’

गाउँ कार्यपालिका बैठक बस्दा जनताको पक्षमा बिभिन्न निर्णय गर्न खोज्दा असहयोग भएृको उनको गुनासो छ ।

वडाअध्यक्षले भने- सबैले हेरिरहेका छन्

कार्यक्रममा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष जितेन्द्र यादवले कसले के गरिरहेको छ ? भन्ने कुरा सबै जनताले बुझिसकेको बताए ।

‘स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष यादवले अन्य वडाअध्यक्षको रकम खाने मनसाय होला’ उनले भने, ‘तर मेरो वडामा सोध्नुस्, जनताले आफैं सबै कुरा भनिदिनेछन् ।’

कर्मचारी अभावका बीच आफूले जनतालाई सेवा दिइरहेको उनले बताए । ‘कर्मचारीको नाममा एक जना प्राविधिक सहायक मात्रै छन्’ उनले भने, ‘आफैं बसेर भएपनि जनताको सबै काम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?