+
+

प्रदेशसभा ५ मा बजेट छलफल : खल्तीका योजनादेखि संघीयता खारेजीसम्मको चर्चा

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७५ वैशाख २ गते १६:२९

२ बैशाख, बुटवल । प्रदेशसभा ५ को बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ ।

आइतबारको बैठकको सुरुमा कांग्रेस सांसद अष्ठभूजा पाठकले विचार राख्दै प्रदेश ५ को पहिलो बजेटमा किसानका कुरा कम परेको बताए । ‘सरकारले निकै साँघुरो बजेट ल्याएको छ, धेरै क्षेत्र छुटेका छन् यसलाई र फराकिलो बनाउनुपर्नेछ’ उनले भने ।

त्यस्तै अर्का सांसद कृष्णध्वज खड्काले बजेट कार्यान्वयनमा सबै जुट्नुपर्ने बताए । उनले बजेटमा खल्तीका योजना पार्ने प्रचलनलाई बन्द गर्नुपर्ने बताए । ‘योजना बदल्ने र गोजाबाट योजना आउने कामलाई कडाई गरौं’ खड्काले भने ।

सांसद तारा जिसीले प्रस्तुत बजेटले आफुहरुलाई कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टिप्पणी गरिन् । ‘गाउँपालिकाको बजेट जस्तै छ, सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत यसले गरेको छ’ उनले भनिन् ।

हामीलाई बजेटले हास्य पात्र बनायो, केन्द्रकै मुख ताक्नपर्ने भए किन संघीयताको अभ्यास गरेको, संघीयतामा प्रदेशलाई बजेट अभाव भएको छ, यस्तै भए हाम्रो पार्टीले भनेजस्तै गरी ढिलोचाँडो संघीयता खारेज हुनेछ’ ताराले भनिन् ।

सांसद दीर्घनारायण पाण्डे बजेटले धेरै कुरा समेट्न नसेकेको बताए । ‘सरकारले हतारमा बजेट ल्याउदाको परिणाम यस्तो भएको हो’ उनले भने ।

प्रदेशसभामा धारणा राख्नका लागि एक जना सांसदलाई ५ मिनेटको समय दिइएको छ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?