+
+

चौरजहारीमा जीप दुर्घटना, मेयरसहित ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ४ गते ११:११
चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा सवार गाडी दुर्घटनाग्रस्त अवस्थामा

४ बैशाख, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-४ मेलैनाउलीमा मंगलबार भे १ ज २४३ नम्बरको जीप दुर्घटना हुँदा  चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन् ।

विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी-५ खाेलागाउँको एक विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा मेयर विशाल शर्मासहित वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत शर्मा घाइते भएका छन् । अन्य दुई जनाको नाम खुलेको छैन ।

घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?