+
+

डेंगुबाट बच्ने प्रभावकारी उपायको खोजी लगभग पूरा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ८ गते १४:४०

भारतीय वैज्ञानिकहरूले डेंगु रोगको उपचारका लागि नयाँ औषधीको विकास गरेको दावी गरेका छन् ।

भारत सरकारको आयुर्वेद, योग एवं प्राकृतिक चिकित्सालय, युनानी, सिद्ध एवं होमियोप्याथी (आयुष) मन्त्रालयको स्वायत्त इकाइ केन्द्रीय आयुर्वेदिक विज्ञान अनुसन्धान परिषद् र कर्नाटकको बेलगावस्थित क्षेत्रीय अनुसन्धान केन्द्र -आईर्सीएमआर)को संयुक्त प्रयासमा विकास भएको उक्त औषधी सम्भवतः अर्को वर्षदेखि बजारमा आउने वैज्ञानिकहरूको दाबी छ ।

वैज्ञानिकहरूका अनुसार आयुवेर्दिक पद्धतिमा आधारित रहेर बनाइएको यो औषधी विश्वकै पहिलो हो । केन्द्रीय आयुर्वेदिक विज्ञान अनुसन्धान परिषद् (सिसिआरएएस)का प्रोफेसर के एस धीमानका अनुसार आयुर्वेदको क्षेत्रमा शताव्दी पहिलेदेखि प्रयोग हुँदै आएको सात प्रकारका जडिबुटीबाट निर्माण  गरिएको यो औषधी प्रभावकारी हुनुका साथै सुरक्षित समेत रहेको नमुना सर्वेक्षणकाक्रममा पुष्टि भइसकेको छ ।

‘हामीले यो औषधी निर्माणको प्रक्रिया सन् २०१५ बाट सुरु गरेका थियौँ । निर्माणको क्रममा यसको सुरुवाती अध्ययन तथा परीक्षण दिल्लीको गुडगाँवस्थित मेदान्त अस्पताल तथा बेलगाव तथा कोलरका मेडिकल कलेजमा गरिएको थियो । जसले डेेगु रोगका उपचारका लागि यो औषधी प्रभावकारी तथा सुरक्षित भएको प्रमाणित गरेको थियो’, धीमानले भनेका छन् ।

धीमानका अनुसार औषधीको नमुना सर्वेक्षणका लागि वैज्ञानिकहरूले डेगुबाट प्रभावित ९० जना बिरामीलाई उक्त औषधी झोलको रूपमा सेवन गर्न दिएका थिए । हाल भइरहेको ट्रायलका क्रममा वैज्ञानिकहरूले यस औषधीलाई ट्याव्लेटका रूपमा प्रयोगमा ल्याइरहेका छन् । यस औषधी आगामी वर्षदेखि बजारमा आए यसले डेंगु रोगको उपचारमा महत्वपूर्ण भूमिका निर्माण गर्ने वैज्ञानिकहरूले आशा लिएका छन् ।

ऐडिज ऐजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसलाई डेंगु रोग सर्ने गर्छ । यो लामखुट्टेको टोकाइबाट डेंगुबाहेक चिकनगुनिया, जिका लगायतको रोग सर्ने गर्छ ।

डेंगु रोग लागेमा जोर्नी दुख्ने, ज्वरो आउने, जीउ गल्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने , शरीरका विभिन्न भागबाट रगत बग्ने लगायतका लक्षण देखा पर्दछ ।

डेंगु रोगबाट बच्ने उपाय

-डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोल लामखुट्टेबाट टाढा रहने

-यो लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा पुरा बाहुला भएको लुगा लगाउने

-शरीर ढाक्ने लुगा लगाउने

-ओडोमस तथा झुलको प्रयोग गर्ने

-घरवरिपरि पानी जम्न नदिने

-सकेसम्म प्लाष्टिकका भाँडाहरूको प्रयोग नगर्ने । यस्ता भाँडामा लामखुट्टे वृद्धि हुन सम्भावना बढी रहन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा लामखुट्टेको टोकाइबाट छिटो सर्ने रोगमा डेगु पहिलो स्थानमा छ । जसका कारण विश्वमा वर्षेनी चालिस करोड मानिस प्रभावित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?