+
+

पुनर्निर्माणको काम सोचे जसरी अघि बढेनः कानून मन्त्री तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते १८:२७

१२ वैशाख, रामेछाप । कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको काम सोचे जस्तो गतिमा अघि बढ्न नसकेको बताएका छन् । पुनर्निर्माणको कामलाई अब नयाँ ढंगले अघि बढाउने उनले बताए ।

भूकम्प गएको तीन वर्ष पूरा भएको दिन बुधबार प्रेस चैतारी नेपाल रामेछापलेे सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निजि आवास निर्माणका कामले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले सरकारी कार्यालय र विद्यालयहरुको पुनर्निर्माण भने केही सन्तोषप्रद रहेको बताए ।

उनले काम भएन भनेर सरकारलाई गाली गर्नुभन्दा पनि आफ्नो घर कसरी छिटो र बलियो बनाउने भन्नेमा भूकम्पपीडितको ध्यान जानुपर्ने बताए ।

सरकारको मुख ताकेर बस्ने प्रवृत्तिले भवन निर्माण ढिलाइ भएको उनको भनाई थियो ।

सबै पीडितलाई अनुदानको दायरामा समेट्नकै लागि सरकाले पटक पटक अनुदान रकम प्रदान गर्ने म्याद थप गरेको उनले बताए । उनले लाभग्राहीलाई गम्भीर भएर पुननिर्माण जुट्न आग्रह गरे ।

रामेछापमा तीन वर्षमा १३ हजार घर

बुधबार वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएको ३ वर्ष पूरा भएको छ । भूकम्प गएको तीन बर्ष हुँदा पनि रामेछाप जिल्लामा पुननिर्माणको कामले गति लिन सकेको छैन ।

रामेछाप जिल्लामा हासम्म १३ हजार निजी आवास निर्माण भएको भूकम्प आपतकालिन सहायता केन्द्र जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापले जनाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापका सूचना व्यवस्थापन विज्ञ सुरेन्द्र यादवका अनुसार जिल्लामा २९ हजार २ सय ७४ घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार ३१ घरले दोस्रो किस्ताको रकम लिएका छन् ।

उनले ८ हजार घर तेस्रो किस्ताका योग्य भएकोमा ७ हजार ५ सय घरले तेस्रो किस्ता बुझेको जाकारी दिए ।

उनका अनुसार जिल्लामा हाल ३७ हजार भन्दा बढी निजी घरहरुमा पुनर्निर्माणको काम जारी रहेको छ ।

जिल्लाभरबाट १४ हजार ५ सय गुनासो परेकोमा ११ हजार ८ सय ४८ गुनासो जिल्लाबाट पठाइसकिएको र केन्ऽले छानविन गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापले जनाएको छ ।

क्षति भएका मध्ये २ हजार १ सय ४९ घर मर्मत गर्नुपर्ने छ । यस मध्य २ सय १५ ले सम्झौता गरेको र २ सय १२ जनाले पहिलो किस्ता लिएर मर्मत कार्य थालेका छन् ।

रामेछापमा २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण ५० हजार भन्दा बढी घर क्षतीग्रस्त भएका छन् ।
जसमध्य ४३ हजार ३ सय ४० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् ।

रामेछापमा घर बनाउन आवश्यक पानी र दक्ष जनशक्तिको अभावका कारण सोचे अनुरुप पुननिर्माणको कामले गति लिन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?