+
+

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते १५:१४

२९ वैशाख, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकलाई देश छाड्न रोक लगाइएको छ ।

हालै भएको संसदीय चुनावमा रज्जाक नेतृत्वको सत्तारुढ गठबन्धनले अप्रत्यासित हार ब्यहोरेको थियो । ९२ वर्षीय महाथिर मोहम्मद प्रधानमन्त्री बनेका छन् ।

रज्जकमाथि राज्य कोषबाट ७०० मिलियन डलर अनियमितता गरेको आरोप लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । नयाँ सरकार गठनसँगै रज्जाकलाई देश छाड्न रोक लगाइएको अध्यागमनका अधिकारीहरुले बताएका छन् ।

४६ वर्षीय रज्जाकले पनि ट्वीटमार्फत आफू र आफ्नो परिवारका सदस्यहरुलाई देश बाहिर जान रोक लगाइएको सूचना बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?