+
+

घोडाघोडीबाट दुई बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते १८:१५

४ जेठ, कैलाली । कैलालीको घोडाघोडी नरपालिका-९ रतिपुरका दुई बालक बेपत्ता भएका छन ।

वैशाख २९ गतेदेखि बेपत्ता भएका दुई बालक मध्ये १३ वर्षीय सुमन सिंह घोडाघोडी कै ज्ञानज्योती बोर्डिङ स्कुलमा कक्षा सातमा अध्यनरत रहेका र १४ वर्षीय भरत शाह सिताकुण्ड माध्यमिक विधालय गणेशपुरमा कक्षा ६ मा अध्ययनरत रहेका सिंहका बुवा अर्जुन सिंहले जानकारी दिए ।

हजुरआमासँग पहलमानपुर बजार आएका दुबैजना एक साताअघिदेखि वेपत्ता भएपछि परिवार चिन्तित भएको छ ।

बालकहरु वेपत्ता भएको खबर पाएर भारतबाट घर फर्केका अभिभावक सिंहले उनीहरुको कैलाली र कञ्चनपुरमा खोजी गरेपनि फेला नपरेको बताए ।

परिवारले बालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएको र खोजीकार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?