+
+

विदा कटौतीको निर्णय फिर्ता लिन मुस्लिम संघको सरकारलाई दवाब

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ७ गते १४:००

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले आफूहरुको पर्व विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई दवाव दिन सुरु गरेको छ ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुभाउँदै संघले पर्वमा विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन दवाव दिएको हो ।

सरकारले आफूहरुको पहिचान समेत मेटाउन ढंगले बिदा कटौती गर्ने निर्णय लिएपछि फिर्ता लिन दवाव दिन सुरु गरिएको संघका महासचिव मोख्तार अहमदले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आफूहरुको पर्वमा विदा कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनु परेको पनि स्पष्ट पारे ।

आइतबार जिल्ला प्रशासन कार्यालय पुगेको संघको नेतृत्वले प्रमुख जिल्ला अधिकारी शर्मासँग आफूहरुको विदा कटौती गर्ने निर्णयमा पुनर्विचारका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

संघले संवैधानिक व्यवस्था अनुसार समावेशी सिद्धान्तका आधारमा मदर्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय मदर्सा बोर्ड तत्काल गठन गर्न पनि सरकारसँग माग गरेको छ ।

मुस्लिम आयोगलाई क्रियाशील बनाउन पनि माग गरिएको संघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?