Comments Add Comment

साङ्ला कति खतरनाक ?  साङ्लाले निम्त्याउने समस्या र समाधान

हरेकको घर, भन्सामा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्लाले बढी दुख दिन्छ । जसै मौसमी तापमान बढ्छ, घर-भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले खानेकुरा दुषित बनाइदिन्छ । जथाभावी फोहोर बनाउँछ । हामी त्यस्तै दुषित खानेकुरा खान्छौं । यसले गर्दा पेटमा समस्या निम्त्याउँछ ।

त्यती मात्र होइन, यसले विद्युतिय यन्त्रलाई समेत विगार्छ । विद्युतिय उपकरणलाई समेत यसले आफ्नो घर बनाउँछ ।

साङला यस्तो जीव हो, जसको प्रजनन क्षमता अत्याधिक हुन्छ । साथै यो सहजै मर्ने वा नष्ट पनि हुँदैन । भान्साको कुनाकाप्चा, दराज, पलङ जताततै साङ्ला फैलन्छ । साङला ट्वाइलेटको ढलबाट समेत घरभित्र प्रवेश गर्छ ।

किन हानिकारक ?

साङलाले खानेकुरामा जुठो लगाउँछ । जब खानेकुरामा साङ्लाले जुठो लगाउँछ, त्यसमा एक किसिमको ब्याक्टेरिया छाड्छ । साथै साङ्लाको र्‍यालमा समेत व्याक्टेरिया हुन्छ । साङ्लामा सैलमोनेला नामक भाइरस फैलाउने व्याक्टेरिया हुन्छ । यसको सेवनले फूड प्वोइजन हुन सक्छ । टाइफाइड हुन सक्छ ।

साङलाकै कारण एलर्जी पनि हुनसक्छ, खासगरी छालाको एलर्जी । साङलाको मुखबाट निस्कने र्‍यालले यस्तो एलर्जी पैदा गर्छ । हामीले भान्सामा भाँडावर्तन खुला राखेका हुन्छौ, ओछ्यान त्यसै हुन्छ । साङ्लाहरु त्यहीँ माथि सलबलाउन थाल्छ । यस क्रममा साङ्लाले र्‍याल चुहाउँछ । उक्त र्‍यालले छालामा एलर्जी ल्याउँछ ।

साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।

साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

कसरी बच्ने ?

-घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । साङ्ला बस्ने कुनाकाप्चामा दिनहुँ सफा गर्नुपर्छ । किनभने त्यस्ता ठाउँमा साङ्लाले आश्रय लिने गर्छ ।

-साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।

-१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।

-२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।

-३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

– ४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment