+
+

प्रधानमन्त्रीमाथि देउवाको आरोप : ‘जि हजुरी’ गरेर सबै भारतलाई बुझाए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १७:१३

२५ जेठ, धनगढी । विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको ‘जि हजुरी’ गरेको आरोप लगाएका छन् ।

कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै देउवाले प्रधानमन्त्रीको चर्को आलोचना गरे । आफू प्रधानमन्त्री हुँदा गौरीफन्टा नाका खोल्ने सहमति गरेको तर, ओलीले यो एजेण्डा छाडेको उनको आरोप छ । उनले भने, ‘गौरीफान्टा नाका बन्द गर्ने षड्यन्त्र भएको छ, यो हामी कुनै हालतमा मान्दैनौं ।’

प्रधानमन्त्री ओली ‘राष्ट्रवादी होइन, लम्पसारवादी’ भएको आरोप लगाउँदै देउवाले अघि भने, ‘भारतको जि हजुरी गरेर सबै भारतलाई बुझाउने काम गरेका छन् ।’

आफ्नो सरकारका पालामा सुरु भएको किड्नी, इस्पाइल इन्जुरीका विरामीलाई भत्ता दिने र ६५ वर्षमा बृद्धभत्ता दिने निर्णय खारेज गरेर ओलीले बदमासी गरेको उनको आरोप छ ।

मुलुकमा कम्युनिष्टको शासन शैली देखिइसकेको भन्दै देउवाले जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र भइरहेको बताए । ‘जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र हुनेछ । त्यसबाट प्रजातन्त्र जोगाउनु्पर्ने छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?