Comments Add Comment

जेभियर हर्नान्डेज

सन् २०१० देखि २०१५ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका स्ट्राइकर हर्नान्डेजले केही समय स्पेनिस क्लब रियल मड्रिडबाट पनि खेले । अहिले उनी इंग्लिस क्लब वेस्ट हाम युनाइटेडमा छन् ।

सन् २००९ मा मेक्सिकोको राष्ट्रिय टिममा डेब्यू गरेका हर्नान्डेजले १०१ खेलमा ४९ गोल गरेका छन् । उनले २०१० र २०१४ को विश्वकप पनि खेलेका थिए । यसैले उनको अनुभव र खेल क्षमता मेक्सिकन टिमका लागि महत्वपूर्ण छ ।

म्यानचेस्टर युनाइटेडमा रहादा उनले १०३ खेलमा ३७ गोल, रियल मडि्रडमा २३ खेलमा ७ गोल गरेका थिए । उनले जर्मन क्लब बायर लिभरकुसेनमा सन् २०१५ देखि ०१७ सम्म रहादा ५४ खेलमा २८ गोल गरे । उनले २०१७/०१८ मा वेस्ट हाम युनाइटेडबाट खेलेका ३३ खेलमा ८ गोल गरे ।

चिच्यारिटो उपनामबाट चिनिने उनी बल फिनिसिङका लागि चिनिन्छन् । उपयुक्त अवसरमा पाएको राम्रो मौकालाई उनी खेर जान दिादैनन् । उनी सन् २००९ र २०१० मा मेक्सिकन क्लब डेपोर्टिभो ग्युडालाजारामा रहादाका उच्च गोलकर्ता पनि हुन् ।

म्यानचेस्टर युनाइटेडबाट दुई पि्रमियर लिग च्याम्पियन बनेका उनले रियल मडि्रडमा रहादा सन् २०१५ मा क्लब विश्वकप जितेका थिए ।

यसैले उनको यो अनुभव मेक्सिकोका लागि विश्वकपमा आवश्यक रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment