+
+

डेविड सिल्भा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २९ गते १२:४३

स्पेनिस टिमका ३२ वर्षका मिडफिल्डर डेविड सिल्भा विवादरहित स्टार हुन् । १ सय २१ पटक स्पेनको प्रतिनिधित्व गरेका सिल्भा अहिले पनि पहिले जस्तै लयमा छन् ।

उनले स्पेनका लागि विश्वकप छनोटका खेलमा पाँच गोल गरे । पछिल्लो २० खेलमा अपराजित रहेको स्पेनी टिममा मिडफिल्डर सिल्भा खेल मिलाउन महत्वपूर्ण छन् ।

म्यानचेस्टर सिटीलाई कीर्तिमानी अंकसहित पि्रमियर लिगको उपाधि दिलाउने क्रममा पनि उनको भूमिका महत्वपूर्ण रहृयो । उनले सिटीका लागि सन् २०१७/१८ मा ४० खेलमा १० गोल गरे साथै १४ गोलका लागि सहयोग गरे ।

विश्वकपमा पनि सिल्भाको भूमिका स्पेनका लागि सार्थक बन्न सक्छ । उनले सन् २००६ मा पहिलोपटक स्पेनिस टिमबाट खेलेका थिए । उनको लामो खेल अनुभव स्पेनिस टिममा आवश्यक रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?