+
+

मीनेन्द्र रिजाललाई योगेश भट्टराईको जवाफ– घुर्की लाउनु पर्दैन

‘कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए, अधिनायकवादी हामी होइन कांग्रेस हो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २ गते ३:००


१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले कांग्रेसलाई संसद् छाडेर जान मन भए गए हुने जवाफ दिएका छन् । कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य डा. मीनेन्द्र रिजालले कम्युनिस्टले पेले संसद्बाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

प्रेस सेन्टर नेपालको अन्तिम केन्द्रीय कमिटी बैठकलाई शुक्रबार नेकपा कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भट्टराईले भट्टराईले भने– एकपटक सत्ता बाहिर पुग्दा कांग्रेस छटपटाएको छ । संसद छाड्ने घुर्की दिइँदैछ । घुर्की देखाउनु पर्दैन, संसद छाड्न मन लागे छाडे हुन्छ, केही फरक पर्दैन, ढोका खुला छ ।

बिहीबार संसद् बैठकमा कांग्रेस नेता रिजालले कम्युनिस्ट सरकारले प्रतिपक्षलाई हेप्ने, पेल्ने र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए ।

भट्टराईले विगतमा कांग्रेसले कम्युनिस्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप समेत लगाए । उनले भने, ‘हामीले बिर्सिएका छैनौं, विगतमा कांग्रेसले हामीलाई झोला बोक्ने पार्टी भन्ने र विभिन्न बहानामा हेप्ने गरेको हो ।अब कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए ।’

कांग्रेसले अहिले सरकारका हरेक क्रियाकलापमा अधिनायकवाद देख्न थालेको भन्दै भट्टराईले विगतमा कांग्रेसले कतिपटक अधिनायकवाद देखायो भन्ने हिसाबकिताब आफूहरुसँग रहेको बताए ।

नेकपा एकीकरणपछि ती पार्टीनिकट पत्रकारका संगठन प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त बैठक आज अपराह्न बस्दैछ । बैठकलाई अध्यक्षद्वय केपी शर्मा अ‍ोली र प्रचण्डले सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?