१० असार, सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।
स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादवको चट्याङ लागेर ज्यान गएको हो ।
प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला चट्याङ लागेर यादवको मृत्यु भएको जानकारी दिए ।
यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ वर्षीया रिन्कु यादव घाइते भएकी छिन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।