+
+

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक ११ घण्टापछि खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते २०:१९

१२ असार, चितवन । विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ ।

सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपरान्ह ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

अहले सडक दुईतर्फी नै खुलेको छ । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सडकमा दुवै तर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?