+
+

सेनेगललाई पहेँलो कार्डले डुबायो, कोलम्बिया र जापान नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते २१:४०

काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हरायो र दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएको छ ।

समूह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसँग कम्तिमा बराबरी चाहिएको थियो । तर, ५९ औं मिनेटमा बेडनारेककेा गोलको मदतमा पोल्याण्ड १-० ले विजयी भयो ।

अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि समान १-० गोल अन्तरले नै हरायो । उसको जितमा यारी मिनाले ७४ औं मिनेटमा गोल गरे ।

जितसँगै कोलम्बिया तीन खेलबाट ६ अंकसहित समूह एचको विजेता बनेको छ ।

जापान र सेनेगलको समान ४/४ अंक भयो । गोल डिफसेन्स पनि समान भएका कारण कार्डका आधारमा अघिल्लो चरण जाने टोली छनोट भयो । जापानले चार वटा मात्र पहेँलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पाएको रहेछ ।

त्यही २ वटा बढी पहेँलो कार्ड उसका लागि विश्वकपको यात्रामा बाधक बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?